विश्व नै महाविनाशकारी आतङ्कको चपेटाबाट उम्किन छटपटाइरहेको विकराल परिस्थितिमा समाजमा उत्साह, सकारात्मक सोच एवं मङ्गलकामनायुक्त समाचार तथा लेखहरू पोस्ट गरी यो मानवद्वारा नै रचित मानव विनाशकारी चक्रव्यूहबाट सम्पूर्ण जगतलाई मुक्त गराउनु हाम्रो मुख्य लक्ष्य हो । हाम्रो देशमा कोरोनाको सङ्क्रमण व्यापक भयो भने पनि ती व्यक्ति सजिलै बाँच्ने छन्, जो मानसिक रूपमा बलिया छन् । शरीर गाडी हो र मन (सोचाइ) त्यसको ड्राइभर । ड्राइभर विक्षिप्त भयो भने जस्तोसुकै बलियो गाडी पनि दुर्घटनामा पर्छ । हामी सबैले मन बलियो बनाउनका लागि यस कोरोना महामारीका विषयमा यथार्थ जानकारी गरी सुरक्षित हुनुपर्ने देखिन्छ ।
लकडाउन र नो लकडाउनको समीक्षा
कोरोना महामारीको सुरुवातदेखि नै लकडाउन नगरीकन तल उल्लेखित राष्ट्रहरूले आफ्ना जनतालाई यस भयबाट मुक्त गरी सामान्य जीवनयापन गरेकाले यस महामारीबाट बच्न लकडाउन नै अचुक विधि हो भन्ने कुरा गलत साबित गरेका छन् ।
हाँस्य योगले सबै रोगको जड समस्या तनावलाई तुरुन्त जरैबाट फालेर रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । र, हामीलाई सम्पूर्ण रोग र भाइरसहरूबाट मुक्त गराउन निक्कै महत्त्वपूर्ण योगदान पुर्याउँछ ।
१. भुटान–० (मृत्यु सङ्ख्या)
२. माल्दिभ्स–३
३. ब्रुनाई–१
४. आइसल्यान्ड–१०
५. लाटभिया–१८
६. जमाइका–९
७. गुयाना–१०
८. उरुग्वे–१८
९. सेन्ट भिनसेन्ट ग्रेनाडाइन्स–०
१०. वेलिज–२
११. क्यामरुन–१०८
१२. स्विडेन–३१७५
१३. इक्वेटोरियल गुयना–४
१४. जाम्बिया–७
१५. कम्बोडिया–०
१६. चाइनिज ताइपे–६
१७. बेलारुस–१२१
१८. जापान–५९०
१९. हङकङ–४
२०. सिँगापुर–२०
२१. मकाउ–०
२२. दक्षिण कोरिया–२५६
विश्वको करिब ७ अर्ब ७० करोड जनसंख्यामा जम्मा मृत्यु सङ्ख्या २,७६,६८६ । जसमध्ये ६५ करोड जनसङ्ख्या भएका अति विकसित ६ राष्ट्रहरू जहाँ सुरु देखिनै लकडाउन भएका अमेरिका, बेलायत, इटाली, जर्मनी, फ्रान्स र स्पेनमा मात्र मृत्यु २,००,२७६ जना अर्थात् (७२.३८%) छ । लकडाउन नभएका २२ वटा राष्ट्रमा करिब ३० करोड जनसङ्ख्या भएको ठाउँमा जम्मा मृत्यु सङ्ख्या ४,१०५ (१.५७%) छ । यसबाट बच्न लकडाउन नै अन्तिम विधि हो भनी विकल्पबारेमा नसोच्नु विडम्बना मात्र हो । (मे ९, २०२० साँझ १७.२२ सम्मको तथ्याङ्क )
विश्व स्वास्थ्य सङ्गठन
विश्वमा केही राष्ट्रहरूले विना लकडाउन पनि कोरोनाको सन्त्रासबाट मुक्त रही सफलतापूर्वक व्यवस्थापन गरेपछि सुरुवाती दिनमा अति नै संवेदनशील राष्ट्र मानिएका चीन, दक्षिण कोरिया, जापान, इरानलगायतले आफ्ना जनताको दैनिकीको सामान्यीकरण गरिसकेका छन् र हाल आएर विश्व स्वास्थ्य सङ्गठनको भनाइहरूमा व्यापक विरोधाभास देखिएको छ । साथै, नेपाललाई सुरक्षित (ग्रीन जोन) भन्ने फेरि अति जोखिम भन्ने कुराले पनि शशंकित गराएको छ ।
अमेरिकालगायतले त आधिकारिक रूपमै विश्व स्वास्थ्य सङ्गठन को भूमिकामाथि गम्भीर आरोप लगाउनु र विश्व स्वास्थ्य सङ्गठनमा प्रदान गर्दै आएको सहायता रोक्ने कदम गरेको कुरा सर्वविदितै छ ।
विश्व स्वास्थ्य सङ्गठनको विषयमा अझै प्रस्ट हुन १९८४ देखि सुरु भएको एचआइभी/ एड्सका बारेमा भए–गरेका अभ्यासले उसको सन्दिग्ध भूमिकालाई उजागर गर्दछ । त्यसैले कोरोनाको भ्रम र यसको वास्तविकतालाई बुझ्न अझै पनि एचआइभी/एड्सका नाममा स्थापित भ्रमलाई चिर्न आवश्यक छ ।
३५ वर्षदेखि मानवले धेरै कहालीलाग्दो जीवन व्यतीत गर्दै करोडौँको सङ्ख्यामा मृत्युवरण गरिसकेका छन् । वास्तवमा २९ वटा मिल्दाजुल्दा रोगहरूको सामूहिक नाम एड्स दिइएको छ। जसमा निमोनिया, क्षयरोग, केही क्यान्सर रोग र झाडापखाला पर्दछन् ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार यी २९ वटा रोगहरूको परीक्षण गराउँदा एचआइभीको पनि परीक्षण गराइन्छ र उनीहरू सबै एड्सका बिरामी घोषित गरिन्छन् ।
२१औँ शताब्दीको सबैभन्दा ठुलो झुट (HIV AIDs is greatest lie of 21st cnetury) भन्ने पुस्तकमार्फत विश्व विख्यात डा. विश्वरूप राय चौधरीले सम्पूर्ण एचआइभी एड्सबारे अप्रिल २०१८ मास–प्रमाण भण्डाफोर गरे । विश्व स्वास्थ्य सङ्गठनले खेलेको भूमिकाले आजसम्म एचआइभी एड्सको झुटो खेतीले गर्दा करोडौँ मानिसहरूको जीवनलीला समाप्त पारिसकेको छ । आखिरमा न त एचआइभी भन्ने कुनै भाइरस बिरामीहरूमा भेटिएको छ, न त एचआइभीका कारण एड्स नै भएको छ । एचआइभी टेस्टको नाममा प्रयोग गरिएको झुटो परीक्षणले मानिसहरूलाई बेवकुफ बनाई आजका दिनसम्म पनि आफ्नो सम्पूर्ण औषधि, भ्याक्सिन र उपकरणहरूको विक्री वितरण गर्दै खरबौँ डलरको कमाइ गरिरहेका छन् । र तिनै औषधि–उपकरणहरू तथा डर–त्रासका कारण मानिसहरूको ज्यान जाँदो रहेछ ।
सुरुमा विश्व स्वास्थ्य सङ्गठनले अहिलेको कोरोनाको जस्तै सन्त्रास फैलाएर एड्स लागेका मानिसलाई हेर्दा, सँगै बस्दा, खाँदा, सुत्दा र सँगै खाना खाने भाँडा–कुँडाहरूबाट पनि सर्छ भनेर एड्सका बिरामीहरूलाई एउटा ठुलो अपराधीलाई सजाय दिएजस्तो गरी छुट्टै खोरमा राखेर लामो फलामे रडले टाढैबाट भाँडाकुँडालाई घोचेर खान दिने गरिन्थ्यो । तिनीहरूलाई अति अमानवीय, दुर्व्यवहार र घृणा गरिन्थ्यो । पछि आएर एड्सको बिरामीसँग बस्दा–खाँदा, सँगै–सुत्दा, सँगै राखेर माया–प्रेम गर्ने र यौन सम्पर्क गरे पनि नसर्ने भन्ने कायम भयो । यसका बाबजुद औषधि–उपकरणहरूको व्यापार अहिलेसम्म चलिरहेको छ । (एचआइभीका कारण एड्स नभएका बारेमा विश्वविख्यात डा. विश्वरूप राय चौधरीले प्रकाशन गरेको पुस्तक ‘HIV-AIDS, the greatest lie of 21st century’ बाट साभार ।)
कोरोना परीक्षण किट (RT-PCR-Test)
हाल व्यापक रूपमा प्रचारमा आएको र विश्वभर कोरोनामुक्त हुन (RT-PCR-TEST मार्फत धेरैभन्दा धेरै परीक्षण गर्नु बहादुरी हो र यसको निर्माण एवं वितरण गर्नु नै सक्षम राष्ट्रको परिचायक भन्ने विषयमा पनि केही जानकारी हुनु आवश्यक छ ।
यदि हामी वैज्ञानिक तथ्यहरूलाई मान्दछौँ भने उनीहरूको तथ्यहरूले RT-OCR-TEST लाई तर्कहीन र गैरकानुनी र अपराध भनिरहेका छन् । यसका बाबजुद एउटै मात्र संस्था विश्व स्वास्थ्य सङ्गठनले यो टेस्ट किटको प्रयोग गर्न बाध्य पारिरहेको छ, जसलाई करिब १५ वर्ष अगाडि नै युरोपको एउटा संस्था PACE (Parliamentary Assembly of Council of Europe) लुटेराको संज्ञा दिँदै कडा विरोधमा उत्रिएको थियो । यस्तै खालको अफवाह विश्व स्वास्थ्य सङ्गठनले १०–११ वर्षअघि H1N1 मा पनि फैलाएर अहिलेसम्म धेरै मानिसहरूको ज्यान लिएको पनि विदितै छ ।
सञ्चारमाध्यमले व्यापक बनाएको एनिमेटेड कोरोनाको डल्लोलाई देखिने गरी घाँटीबाट प्रवेश गर्दै फोक्सोलाई असर गरेको र किड्नीलगायत शरीरका अरू अंगले काम गर्न छाडेको दृश्य जस्ता भ्रामक श्रव्य–दृश्य बनाई प्रसारणमा ल्याइएको छ । उक्त डल्लो घाँटीमा अड्केको देखाउनु भनेको नै हास्यास्पद हो । साथै टेलिफोनको रिङटोनमा समेत सूचना दिने नाममा यस भाइरसको डरलाग्दो तस्बिर जनजनमा स्थापित गर्नु सन्त्रासलाई संस्थागत गर्नु हो । कोरोना सम्बन्धित जे–जति पनि मानव निर्मित डरलाग्दा विषयवस्तुहरूले प्राथमिकता पाएका छन् ती सम्पूर्ण रूपमा एचआइभी एड्सका बारेमा पनि यस्तै खालको भयावह अवस्था सृजना गरी डरको व्यापार गरिएको अहिले पुनरावृत्ति भएको छ ।
नेपालका विज्ञ, निरोगधाम, ललितपुरमा कार्यरत डा. उमेश श्रेष्ठ भन्छन् “आतङ्कित नबन्नुहोस् रोग प्रतिरोधात्मक क्षमता बढाए कोरोना आफैँ भाग्छ ।’’
सरकारले हरेक क्षेत्र बन्द गरेर त्रास सिर्जना गर्नुको सट्टा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको सुझाव छ । ‘भाइरस आफैँले चाहिँ केही गर्न सक्दैन । हामीले क्षमता कमजोर बनाएर स्वागत गर्यौँ भने मात्र आउने हुन्छ ।’ त्यसैले, विज्ञहरूका फरक कुरालाई पनि मनन् गरौंं ।
अन्त्यमा, हाँसो सबैभन्दा ठुलो औषधि हो भनेर विश्व विख्यात डाक्टर मदन कटरियाले आफूले गर्दै आएको पेसा औषधि कम्पनीको एजेन्टको रुपमा मात्र काम गरेर बिरामीलाई धोखा दिने काम भएको बुझी उक्त काम म गर्दिन भनेर आफ्नो डाक्टर पेशा नै त्यागेर हाँस्य योगको स्थापना गरी विश्वभर व्यापक रूपमा फैलाइ राख्नुभएको छ । यस्तो मानव कल्याण गर्न सक्ने हाँस्य योग जस्तो अति महत्त्वपूर्ण कर्म गरेबापत उहाँलाई नोबेल पुरस्कारको सिफारिस पनि गरिएको छ । हाँस्य योगले सबै रोगको जड समस्या तनावलाई तुरुन्त जरैबाट फालेर रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । र, हामीलाई सम्पूर्ण रोग र भाइरसहरूबाट मुक्त गराउन निक्कै महत्त्वपूर्ण योगदान पुर्याउँछ ।
पाश्चात्य एवं पूर्वीय जीवनशैली
पशुजन्य खाद्य पदार्थहरूको अधिकतम प्रयोग पश्चिमी मुलुकहरूका मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुनुको एक मूल कारण हो भने विभिन्न फास्ट फुडप्रति आश्रित खाने शैलीले पनि दीर्घकालीन रूपमा उनीहरूलाई कमजोर बनाएको देखिन्छ ।
रोग र महामारीबाट बच्नका लागि उपचार पाउने विधि भनेको आहार–विहार र जीवनशैली नै हो । हामी प्रकृतिसँग जति समीप रहन्छौँ, त्यति नै हामी शरीर स्वस्थ राख्न र तनावमुक्त रहन सक्छौँ ।
यही विषयमा हाम्रो पूर्वीय अभ्यासको जीवनशैलीमा भने प्रकृतिसँग नजिक हुने घामको किरणसँग सामीप्य राख्ने स्वभाव एवं हाम्रा भान्छाहरूमा दैनिक रूपमा प्रयोग गरिने लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, दालचिनी, खुर्सानी, अलैँची, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ । मौसम अनुसारको ताजा फलफूल र रसिलो–कचिलो झोलिलो पदार्थको साथै भिटामिन सी पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ । पानी, फ्रेस जुस, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिँचाइ गरौँ । यस किसिमका प्राकृतिक हर्बलहरूका कारण भाइरससँग लड्न सक्ने रोग प्रतिरोधात्मक शक्ति अवश्य बढ्नेछ ।
त्यसैले पूर्वीय दर्शनअनुसार आहार–विहार र जीवनशैलीलाई प्रकृतिसँग जोड्ने अभियान आजको आवश्यकता हो । साथै संयुक्त राष्ट्र संघलगायत विश्वले स्वीकार एवं अनुसरण गर्न खोजेको योगमय जीवनशैलीले स्वस्थ र भाइरसमुक्त समाजको निर्माण गर्न सकिने सुनिश्चित छ । तसर्थ, हामीले कोरोना सन्त्रासको षड्यन्त्रमा नलागी सत्यतथ्य बुझेर चनाखो भई आफ्नो जीवनयापन सञ्चालन निर्धक्कसँग गर्नुपर्ने देखिन्छ ।