मंसिर ०६, २०८१, बिहीबार
               

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति पूर्वराजा दु:खी

नेपाल फ्ल्यास
असार २९, २०७६

ADVERTISEMENT

बाढी पहिरो र डुबानमा परी जनधनको ठुलो क्षति भएकोमा प्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन् ।

पूर्पराजा शाहले वक्तव्य जारी गरेर प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

वक्तव्यमा उनले उल्लेख गरेका छन्, ‘प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकिर्ण सोचबाट माथि उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नु पर्दछ भन्ने मेरो हार्दिक आग्रह छ।’

विज्ञप्तिको पूर्ण पाठ

यो वर्षको मौसमी वर्षा सँगै राजधानी लगायत देशका विभिन्न भूभागमा आएको बाढी पैह्रोको प्रकोपले धेरै जन धनको क्षति भएकोमा मलाई दु:खी तुल्याएको छ।

प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकिर्ण सोचबाट माथि उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नु पर्दछ भन्ने मेरो हार्दिक आग्रह छ।
प्राकृतिक विपद्को यो घडीमा म शोक संन्तप्त पीडित सबै प्रति हार्दिक समवेदना र सहानुभूति राख्दै बिपद व्यवस्थापनको प्रभावकारी कदम चालिनु पर्ने आवश्यक्ता देख्दछु ।
जय नेपाल


कस्तो लाग्यो ?

यो पनि