यो साता एउटा फोटो भारइल बन्यो ।
फोटोमा छन् सत्तारुढ नेकपाका नेता एवं राष्ट्रियसभा सदस्य सुमन प्याकुरेल ।
जो बाढीपीडित क्षेत्रमा पुगे । त्यहाँ हिलोकादो हुन्छ भन्ने थाहा नै थियो । उनी बुइ चढेर हिलो छलेको फोटो सार्वजनिक भएको छ ।
हुननि उनी कम्युनिस्ट पार्टीका होनाहार कार्यकर्ता हुन् । नेता पनि हुन् । उनी बर्गीय समानतामा विश्वास राख्छन् । तर बुइ चढेर हिड्छन् ।
उनी आफ्नो गृहजिल्ला सप्तरीमा बाढीपीडित क्षेत्रमा पुगेका थिए । फोटोमा उनले पाइन्ट, जुत्ता र कोट लगाएका छन् । हातमा जुत्ता समातेका एक व्यक्तिले उनलाई काँधमा बोकेर हिलोबाट जोगाएका छन् ।
अचम्म पनि कस्तो । यो फोटो देखेर सुरक्षाकर्मी पनि हासिरहेका छन् ।