मंसिर ०६, २०८१, बिहीबार
               

सरकारकै कारण गणतन्त्र खतरामा : रविन्द्र मिश्र

नेपाल फ्ल्यास
भदौ ०८, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले गणतन्त्रमाथि खतरा देखाएर सर्वदलीय बैठक बोलाए पनि साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पूर्वराजाबाट त्यस्तो नभएको बताएका छन् ।

यो प्रकरणमा कुनै दलले टिप्पणी नगरेको बेला मिश्रले भने मुख खोलेका हुन् ।

स‌ंयोजक मिश्रले बुटवलमा पत्रकारहरुसँग भनेका छन्- 'यो सब यथार्थ होइन । अहिलेका शासकले आफ्नो कमजोरी लुकाउन त्यस्तो भनेका हुन् ।'

उनले अहिलेको सरकारबाट जनअपेक्षा पूरा नभएको र जनजिविकाको सवालमा सरकार असफल भएकोले जनतामा चरम आक्रोश र निराशा रहेको स्पष्ट गरेका छन् । त्यही आक्रोश र निराशालाई लुकाउन प्रधानमन्त्रीले नाटक मञ्चन गरेको आरोप उनले गलाए ।

उनले आफू जनअपेक्षाअनुसार काम गर्न नसक्ने अनि अरुलाई दोष दिने भनेर प्रश्नसमेत गरे । स‌ंयोजक मिश्रले ओलीको कदमलाई 'नाच्न नजान्ने आगन टेढो’ को संज्ञासमेत दिए ।

उनले अहिलेको सरकार र गणतन्त्रवादी नेताहरुकै कमीकमजोरीले गणतन्त्र खतरामा पर्न सक्ने टिप्पणी गरे । मिश्रले भने- 'दुई तिहाई बहुमतको सरकार बनेपनि स्थायित्व र समृद्धिको बाटोमा मुलुक अघि बढेको छैन । अब जनताले आफ्नो मन र मत बदल्नुपर्छ ।'

पुराना दलहरुबाट मुलुकमा समृद्धि सम्भव नहुने भन्दै उनले साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट खाका रहेको दाबी गरे । आफ्नो दल सत्तामा पुगे २०४६ सालयताका राजनीतिक दलका नेताहरुको सम्पत्ति छानबिन गर्ने र पार्टीगत रुपमा खोलिएका कर्मचारी संगठन खारेज गर्ने दाबी उनले गरे ।


कस्तो लाग्यो ?

यो पनि