मंसिर ०६, २०८१, बिहीबार
               

छिमेकीको पनि भागबण्डा : चीन नेकपालाई, कांग्रेसलाई भारत

नेपाल फ्ल्यास
असोज ११, २०७६

ADVERTISEMENT

विपक्षी कांग्रेसले छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजकको जिम्मेवारी पाएको छ।

३३ देशका संसदसँग सहकार्य गर्न संसदले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद समेटेर मैत्री समूह गठन गरेको हो। अधिकांश मैत्री समूहका संयोजकमा शीर्ष नेताहरू नै छन्।

दलीय भागबन्डाअनुसार सत्तासीन नेकपा २१, विपक्षी कांग्रेस ६, सत्तासीन समाजवादी पार्टी ३ र राजपाले ३ देशको मैत्री समूहको संयोजक पाएका छन्। 

द्विपक्षीय सम्बन्ध कायम रहेका तथा नेपालका दूतावास रहेका मुलुकसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्न समूह गठन गरिएको संसद् सचिवालयले जनाएको छ।

‘मित्र राष्ट्रबीचको कुटनीतिक सम्बन्ध तथा मित्रता प्रभावकारी बनाउन, कतिपय विषयमा लबिङ गर्न र एकापसमा अनुभव साटासाट गर्न मैत्री समूहले काम गर्छन्,’ संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले भने। यो समाचार आजको अन्नपूर्णपोस्टले छापेको छ।

छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजक कांग्रेसले लिएको छ भने छिमेकी चीन र बेलायत मैत्री संयोजक सत्तासीन नेकपाले लिएको छ। भारत मैत्री समूहको संयोजकमा कांग्रेस नेता विजय गच्छदार चयन भएका छन्। विनोद चौधरी, रेणु यादवसहित १० जना भारतीय मैत्री समूहका सदस्य छन्।

छिमेकी चीन मैत्री समूहको संयोजक भने सत्तासीन नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ छन्। नेकपा प्रमुख सचेतक देव गुरुङ, अग्नि सापकोटा, शान्ता चौधरी लगायत १२ जना चीन मैत्री समूहका सदस्य चयन भएका छन्।


कस्तो लाग्यो ?

यो पनि