काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले ज्ञवालीलाई महानिरीक्षक नियुक्त गरेको हो ।
डिआइजी ज्ञवाली हाल प्रदेश १ प्रहरीको प्रमुख थिए । आइजिपी सर्वेन्द्र खनालले मङ्गलवारदेखि सेवा हदका कारण अवकाश पाउँदै छन् । उनीसँगै बहालवाला सबै एआइजीहरूको अवकाश पाउँदै छन् । त्यही कारण फेरि पनि डिआइजीमध्येबाट प्रहरी सङ्गठनको नयाँ नेतृत्व चयन भएको हो ।
जसमा ४७ सालका ब्याची ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल नयाँ आइजिपीका प्रमुख दाबेदार थिए । सूर्य उपाध्यायसमेत दौडमा थिए । तर ज्ञवालीले बाजी मारेका छन् । ज्ञवाली असार महिनासम्म पदमा बहाल रहने छन् ।