मंसिर ०७, २०८१, शुक्रबार
               

जनयुद्धको स्मरण गर्दै भट्टराईले भने : उपलब्धिहरूकाे रक्षा गर्दै क्रान्ति जारी राखौँ

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

काठमाडौं । समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा‍.बाबुराम भट्टराईले जनयुद्धका उपलब्धिहरुको रक्षा गर्दै क्रान्ति जारी राख्नुपर्ने बताएका छन्।  २५ औँ जनयुद्ध दिवसको अवसरमा सामाजिक सञ्जाल ट्विटरमा नेता भट्टराईले यस्तो लेखेका हुन् । 

भट्टराईले सहिद, बेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त गरेका छन् । 

‘ऐतिहासिक जनयुद्ध प्रारम्भको २५औं वर्ष प्रवेशको सन्दर्भमा सम्पूर्ण महान सहिदहरू,बेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त  गर्दै १० वर्षसम्मको जनयुद्धको प्रक्रियामा सहभागी सम्पूर्ण क्रान्तिकारी सहयोद्धाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । उपलब्धिहरूको रक्षा गर्दै क्रान्तिलाई जारी राखौं’,  अध्यक्ष भट्टराईले भने ।

पूर्व प्रधानमन्‍‍त्री भट्टराई तत्कालीन माओवादीको जनसरकार प्रमुख तथा शान्तिप्रक्रियामा आइसकेपछि माओवादी केन्द्रका उपाध्यक्ष थिए। 


कस्तो लाग्यो ?

यो पनि