मंसिर ०७, २०८१, शुक्रबार
               

पूर्वप्रधानसेनापति क्षत्रीको सम्पत्ति छानबिन हुने
संसदको राज्य व्यवस्था समितिद्वारा अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

नेपाली सेनाका निर्वतमान सेनापति राजेन्द्र क्षत्रीमाथि छानबिन हुने भएको छ । बिहीबार संघीय संसदको राज्यव्यवस्था समिति बैठकले क्षत्रीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन दिन राय पेस गरेको हो । 

क्षत्रीले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको र भ्रष्टाचार गरेको भन्दै छानबिनका लागि राज्यव्यवस्था समितिमा निवेदन परेको थियो । 

सेनाको मुख्यालय पुनर्निर्माण क्रममा पनि भ्रष्टाचार भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उच्चस्तरीय छानबिन टोली गठन गरी दोषीलाई कारबाहीको माग गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि