नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेकपा अध्यक्ष पुष्पकमल दाहालको भनाइप्रति आपत्ति जनाएका छन् ।
आफ्ना पार्टीका स्वर्गीय नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद काइरालाले हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन खेलेको भूमिकालाई लिएर अध्यक्ष प्रचण्डले अर्थहीन ढंगले विवादास्पद बनाएको भन्दै प्रवक्ता शर्माले कांग्रेसले यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
कांग्रेस प्रवक्ता शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना नेताको ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्रजिम्मेवार अभिव्यक्ति आउनु दुखको कुरो भनी उल्लेख गरेका छन् ।
नेकपा पार्टी कार्यालय धुमबाराहीमा ‘जनयुद्ध’ दिवसको अवसरमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफूसँग सरकारविरुद्ध फौजी आक्रमण बढाइदिन आग्रह गरेको बताएका थिए ।