मंसिर ०७, २०८१, शुक्रबार
               

राप्रपा महाधिवेशन प्रतिनिधि ४५ सय हुने

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुस्त, व्यवस्थित र प्रभावकारी महाधिवेशनको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । 

पार्टीको केन्द्रीय सचिवालय, निर्वाचन समिति, संगठन र सूचना प्रविधि बिभागको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले समयसीमा भित्र तोकिएको कार्य सम्पन्न गर्न र नियमित अनुगमन गर्न आग्रह गरे । 

तल्लो तहको अनुशिक्षण बैठक तत्काल सम्पन्न गर्न र सक्रिय सदस्यता अभियानलाई प्रभावकारी बनाउन अध्यक्ष थापाले आग्रह गरे । 

राप्रपाको पछिल्लो संशोधित विधान अनुसार यसपटकको महाधिवेशन सक्रिय सदस्यताको आधारमा हुनेछ । 

तोकिएको न्युनतम सक्रिय सदस्यता नबनेका गाउँ, नगर, क्षेत्र र जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न नसक्ने प्रावधान राखिएको छ । 

गाउँपालिका, नगर, उपमहानगर, महानगर, प्रदेश, संघीय र जिल्ला अध्यक्ष महाधिवेशनमा स्वत प्रतिनिधि हुनेछन् भने प्रत्येक प्रदेश क्षेत्र निर्वाचन समितिबाट आठ जनाको दरले महाधिवेशन प्रतिनिधि हुनेछन् । 

आठ जनामा अनिवार्य दुई जना महिला, एक जना उत्पीडित, दुई जना आदिवासी जनजाति, पिछडिएको, अल्पसंख्यक, थारु, मधेसीबाट र तीन अन्यबाट गरी प्रतिनिधित्व रहने छ। 

महाधिवेशनमा प्रवासबाट सहभागी हुने समेत जोड्दा ४५ सय प्रतिनिधिको सहभागिता रहने बताइएको छ।

बैठकमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, निर्वाचन समितिका अध्यक्ष तोरण बहादुर गुरुङ, संगठन बिभाग प्रमुख सांसद राजेन्द्र लिङ्देन, सचिवालय प्रमुख भाष्कर भद्रा, सूचना प्रविधि विभाग प्रमुख राजाराम बर्तौला लगायतको उपस्थिति थियो ।


कस्तो लाग्यो ?

यो पनि