काठमाडौं । त्रिवि शिक्षण हस्पिटलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको बताएको छ ।
साथै, प्रधानमन्त्रीलाई अंग दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति स्थिर रहेको जनाएको छ । त्रिविले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
विज्ञप्तिमा प्रधानमन्त्री ओलीको मिर्गौलाले पनि अपेक्षकृत काम गर्न थालेको उल्लेख छ । साथै, प्रधानमन्त्रीका सबै सूचकले काम गर्न थालेको पनि बताइएको छ ।
प्रधानमन्त्री र उनलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलालई आजैदेखि तरल पदार्थ खुवाउने बताइएको छ ।