मंसिर ०६, २०८१, बिहीबार
               

राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा भाँडभैलो

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

काठमाडौं । केही दिनअघि मात्र पार्टी एकता गरेका राप्रपा र राप्रपा संयुक्तबीचको एकता घोषणसभामा भाँडभैलो मच्चिएको छ ।

राप्रपा र राप्रपा संयुक्तको एकतापश्चात भएको घोषणासभामा  दर्शकदीर्घामा बसेका पार्टी कार्यकर्ताले अध्यक्षहरुलाई अबदेखि पार्टी फुटाउँदैनोँ भनेर गीता छोएर कसम खान दबाब दिएका, तर अध्यक्षहरुले त्यसको इन्कार गरेपछि  पार्टी एकता घोषणासभामा भाडभैँलो मच्चिएको हो । 

अध्यक्ष कमल थापा र पशुपतिशम्शेर जबराले पार्टी एकीकरण पत्र आदानप्रदान गरेर दुई पार्टी अबदेखि राप्रपा भएको घोषणा गरी एकीकरण पत्र आदानप्रदान गर्दैगर्दा एक कार्यकर्ताले बोल्न एक मिनेट समय लिएर बाेलेका उनले विगतमा पार्टी फुट्नाले आफूले धाेका पाएकाे गुनासाे गरेका थिए भने अर्काले  अर्का एक जनाले गीताकाे पुस्तक मञ्चमा लगेका थिए ।

तर, अध्यक्षले उक्त गीताको पुस्तक छोएर अब पार्टी फुट्दैनौं भन्न सकेनन् । त्यसको केहीबेरपछि कार्यक्रम सुचारु भएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि