प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश १ संसद् विधि, परम्परा, सहमति र अभ्यासबाट निरन्तर चल्दै आएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पदाधिकारीहरुसँगको भेटघाटको अवसरमा सभामुखले यस्तो बताएका हुन् ।
सञ्चार सम्बन्धमा बन्ने कानुनप्रति सभामुखको ध्यानाकर्षण गराउने उद्देश्यले भएको सो भेटमा सभामुख भण्डारीले प्रदेश १मा सञ्चार सम्बन्धमा बन्ने विधेयक सञ्चारमैत्री हुने विश्वास दिलाए ।
उनले जनतालाई सुसूचित एवं सचेतना गर्ने सञ्चारकर्मीको अधिकारलाई खुम्च्याउने सोच नरहेको बताए ।