राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
बिहीबार साँझ शितल निवासमा भएको भेटमा समसमायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताए ।
यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए।