काठमाडौं । जनता समाजवादी पार्टीका सांसद तथा पूर्वराज्य मन्त्री डा.सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै नेकपा सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
उनले यसअघि महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता भएको थिएन । बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन्।
आयोग कार्यालय पुगेका डा.यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका छन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए ।