काठमाडौं । नेकपामा विवाद चर्कदै गएपछि गणितीय जोडघटाउ सुरु भएको छ ।
पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा छन् । ओली अहिले संसदीय दलमा बहुमत जोगाउने योजनामा छन् ।
ओलीले प्रतिनिधिसभा सदस्यको बहुमत आफ्नो पक्षमा जुटाउन कसरत जारी राखेका छन् । यो समाचार तयार पार्दाको अवस्थासम्म ओलीको पक्षमा बहुमत देखिएको छैन । ओलीले माधवकुमार नेपालसँगको सम्वादलाई पनि निरन्तरता दिएका छन् भने अनेक समूहका नेताहरूसँग सहकार्यको खाका पठाएका छन् ।
अध्यादेश प्रकरणसँगै टाढिएका महासचिव विष्णु पौडेलको साथ जोगाउने प्रयास पनि उनले गरिरहेका छन् । उता सांसदहरूलाई पनि पद तथा सत्ताको प्रलोभन बालुवाटारले दिइरहेको छ । यति हुँदा पनि ओली ढुक्क हुने अवस्था देखिएको छैन ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा नेकपाका १७४ जना सांसद छन् । त्यसमध्ये पूर्वएमालेबाट १२१ जना र पूर्वमाओवादीबाट ५३ जना सांसद छन् । मतदानको गणितमा नजोडिने भूमिकामा सभामुख (अग्निप्रसाद सापकोटा) छन् ।
यतिबेला ओलीसँग प्रष्ट देखिएका सांसदको संख्या ७० जना छ । प्रतिनिधिसभामा नेकपाको कुल सांसदको बहुमत पुग्न ८७ जना आवश्यक पर्छ । त्यसैले ओलीसँग यतिबेलासम्म १७ जना सांसद कम छन् ।
महासचिव पौडेलको भूमिका
मध्यममार्गी एवं एकताको पक्षधर महासचिव विष्णु पौडेलको भूमिका गणितीय खेलमा महत्त्वपूर्ण देखिन्छ । हृदयश त्रिपाठी, छविलाल विश्वकर्मा, दलबहादुर राना र वृजेशकुमार गुप्तासँग उनको विशेष सम्बन्ध भएको बताइन्छ । तर मन्त्री भएका कारण हृदयश भने ओलीसँगै रहने संभावना उच्च रहेको स्रोतको दाबी छ । महासचिव पौडेल खुलेर लाग्नासाथ केही सांसदलाई प्रभाव पार्न सक्ने आंकलन नेताहरूले गरेका छन् । सरकार ढल्ने सुचिनिश्चत भए हाल पौडेलसँग नजिक रहेका भनिएका सबै एक ठाउँमा उभिने अवस्था आउने अनुमान गर्न सकिन्छ ।
योगेश र घनश्यामको कित्ता !
माधव नेपाल समूहमा लामो समय रहेर हाल सरकारमा पुगेका योगेश भट्टराई र घनश्याम भुसालको भूमिका के होला भन्नेमा नेकपाभित्र बढी चर्चा हुने गरेको छ । अहिले दुवैजना आक्रामक भूमिकामा प्रस्तुत भएका छैनन् । मन्त्री नबन्दासम्म उनीहरू पार्टी पद्धति र संचालन शैलीका ज्ञाता सरह थिए । उनीहरूले नेता-कार्यकर्ताहरूसँगको भेटघाटमा पार्टी एकताको कुरा गर्ने गरेका छन् । नेपाल समूहले घनश्याम आफ्नै क्याम्पमा रहेको विश्वास गरिरहेको छ भने योगेशसँग पनि आशा मारेको छैन । तर बालुवाटारले भने योगेश कदापि नेपाल कित्तामा नजाने निष्कर्ष निकालेको छ । योगेश आफैँचाँहि 'पर्ख र हेर'को रणनीतिमा छन् ।
मन्त्रीबाट अपमानित भएर हटेकाहरूको रोल
प्रधानमन्त्री ओलीले चार महिनाअघि मन्त्रिपरिषद्को हठात हेरफेर गरेका थिए । त्यसक्रममा अपमानित भएर हटेका धेरैजसोका साथ ओलीलाई छैन । पूर्वएमालेका लालबाबु पण्डित र गोकर्ण बिष्ट पहिलेदेखि नै नेपाल समूहमा थिए ।
विगतमा लामो समय वामदेव गौतम कित्तामा रहेका रघुवीर महासेठ अहिले कुन समूहमा लाग्ने भन्ने खुलेको छैन । उनलाई बालुवाटारले आफ्नै ठान्ने गरेको छ भने ओलीविरोधी खेमाले आफ्नो समूहमा ल्याउने प्रयास गरिरहेको छ । पछिल्लो दिनमा वामदेव गाैतमसँग पनि उनको सामिप्यता बढेको छ । महासेठ पत्नी जुलीकुमारी महतो पनि प्रतिनिधिसभा सदस्य भएका कारण उनी आउँदा दुई जना सांसद आफ्नो कित्तामा हुने भएर दुवै समूहको तानातान छ । जुली महतो व्यवसायी एवं गैरआवासीय नेपाल संघको संस्थापक अध्यक्षका बहिनी हुन् भने महासेठ ज्वाइँ । त्यसैले उनीहरूको निर्णयमा व्यवसायी महतोको पनि भूमिका हुनेछ । नेकपाका एकजना नेता भन्छन्- 'त्यो भूमिका युद्ध कसले जित्दैछ भन्नेमा पनि निर्भर हुन सक्छ ।'
त्यसरी फ्यालिएका पूर्वमाओवादी खेमाका चक्रपाणि खनाल र मात्रिका यादवको समर्थन ओलीलाई यसै पनि हुने थिएन । तर पूर्वएमाले र ओली कित्तामै रहेर पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीबाट पदमुक्त भएकी थममाया थापाको भूमिका के होला भन्ने चासो देखिएको छ । थममायालाई आफ्नो समूहमा रहनेमा बालुवाटार विश्वस्त छ । ओलीविरोधी मोर्चाले पनि उनीहरूलाई आफ्नो समूहमा रहने दाबी गरेको छ । सांसद धनबहादुर बुढाले भने राज्यमन्त्रीबाट हटेको बदला नेपाल समूहमा पसेर लिने भइसकेका छन् ।
पूर्वमाओवादीतर्फ
ओलीले प्रचण्ड समूहबाट केही सांसद तान्ने प्रयास गरिरहेका छन् । माधवकुमार नेपाल संभावित प्रधानमन्त्री हुने ठानेपछि प्रभु साह ओली खेमासँग निकट हुँदैगएका छन् । नेकपाको प्रदेश २ र रौतहटको राजनीतिमा नेपालसँग उनको खटपट छ । तर पनि उनलाई आफ्नो कित्तामा राख्न सकिने दाबी प्रचण्ड निकटहरूको छ ।
यता पूर्वमाओवादी खेमाका केही सांसदले पनि प्रचण्डलाई छोड्ने संकेत देखिएको छ । ओली सरकारको उद्योगमन्त्री लेखराज भट्टले पनि सरकार परिवर्तन गर्न नहुने बताएका छन् । सुदूरपश्चिममा भीम रावलको छाँया हुनुपर्ने भय उनलाई छ । टोपबहादुर रायमाझी र पम्फा भुसालको भूमिकाप्रति पनि खुमलटार सशंकित छ । पूर्वसभामुख एवं सांसद कृष्णबहादुर महराले पार्टी विभाजन गर्न नहुने विज्ञप्ति निकालेका छन् । यसबाट उनी ओलीको पक्षमा उभिने अनुमान कतिपयले गरेका छन् । तर बलात्कार प्रयास बालुवाटारले नै चर्काएको तथा एमसीसी प्रकरणमा सार्वजनिक आलोचना गरेकोले ओलीसँग महराको हातेमालो नहुने ठोकुवा खुमलटारको छ ।
संसदीय दलमा चुनाव हुने अवस्था आए ओलीसँग टाढिएका भनिएका पाँच जनामध्ये कम्तीमा तीन जनालाई आफ्नो पक्षमा पार्ने खुमलटार स्रोतको दाबी छ । तर बालुवाटार स्रोतले भने पूर्वमाओवादी कित्ताबाट कम्तीमा १० सांसद आफ्नो पक्षमा उभिने बताएको छ । यता माधव नेपाल स्रोत भने केही मन्त्रीसहित एकदर्जनजति ओली समूहका सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ ।
नेकपाको विवाद मतदानसम्म पुग्छ कि पुग्दैन । त्यो हेर्न अझै केही दिन कुर्नु पर्छ । तर गणितीय जोडघटाउ भने जारी छ ।
प्रतिनिधिसभामा नेकपाको गणित
प्रतिनिधिसभा कुल सांसद | २७५ जना |
कुल नेकपा सांसद | १७४ जना |
पूर्वएमाले | १२१ जना (प्रत्यक्ष ८०) |
पूर्वमाओवादी | ५३ जना (प्रत्यक्ष ३६) |
ओली समूहको संख्यात्मक अवस्था ?
सांसदको बहुमत (सभामुख घटाएर १७३ सिटको बहुमत) | ८७ जना |
ओली समूह | ७० जना |
ओली समूहलाई थप आवश्यक | १७ जना |
कसको पक्षमा कति ?
ओली समूह | ७० जना |
नेपाल-खनाल समूह | ४१ जना |
प्रचण्ड समूह | ४७ जना |
मध्यमार्ग, अन्योल र शंका | १५ जना |
सभामुख अग्निप्रसाद सापकोटा | १ जना |
कुल | १७४ |
जोडघटाउ
सांसदको बहुमत | ८७ जना |
ओली समूह | ७० जना |
माधव र प्रचण्ड समूहको कुल | ८८ जना |
मध्यमार्ग, अन्योल र शंका | १५ जना |
मध्यममार्गी तथा ढुलमुलेहरूमध्ये आधा मात्रको विश्वास प्रचण्ड- माधव नेपालतिर गएमा ओलीलाई बहुमत जुटाउन गाह्रो हुने छ । ओलीका लागि अहिले सहज अवस्था भनेको सत्ता, पद र पैसा हो । विरोधी खेमाका लागि अनुकुल अवस्था चाँहि ओलीलाई पार्टीका सबै निकायमा अल्पमतमा पार्नु हो । स्थायी समिति र केन्द्रीय समितिमा ओलीको उपस्थिति ३५ प्रतिशतभन्दा माथि नरहेको उसको दाबी छ ।
अहिले हेर्दा नेकपाभित्रको प्रतिनिधिसभाको शक्ति सन्तुलनमा केही मतान्तरले ओली तल परेका छन् । तर ओली सरकारमा रहिरहने र उनको बहुमत पुग्ने देखिएको अवस्थामा मतदानमा जानु परेमा उनलाई केही मत थपिने निश्चित छ । त्यसकै उल्टो ओली सरकार पतन हुने निश्चित भएको अवस्थामा मतदान भए ओलीका झण्डै एक दर्जन मत विरोधी खेमामा जाने विश्लेषण नेकपाकै नेताहरूको छ ।
कुन समूहमा को को सांसद ?
ओली पक्षका प्रतिनिधसभा सदस्यहरू (७० जना)
१. केपी शर्मा ओली
२. ईश्वर पोखरेल
३. सुवासचन्द्र नेम्वाङ
४. प्रदीप ज्ञवाली
५. वसन्तकुमार नेम्वाङ
६. लालप्रसाद साँवा
७. राजेन्द्र गौतम
८. राजेन्द्र राई
९. घनश्याम खतिवडा
१०. भानुभक्त ढकाल
११. विशाल भट्टराई
१२. लीलानाथ श्रेष्ठ
१३. पार्वत गुरुङ
१४. भूमिप्रसाद त्रिपाठी
१५. खेमप्रसाद लोहनी
१६. कृष्णबहादुर राई
१७. कृष्णगोपाल श्रेष्ठ
१८. महेश बस्नेत
१९. नवराज सिलवाल
२०. गोकुल बाँस्कोटा
२१. कृष्णप्रसाद दाहाल
२२. पोल्देन छोपाङ गुरुङ
२३. खगराज अधिकारी
२४. विद्या भट्टराई
२५. जगतबहादुर सुनार
२६. कृष्णकुमार श्रेष्ठ
२७. केदार सिग्देल
२८. नारायणप्रसाद मरासिनी
२९. पद्माकुमारी अर्याल
३०. तिलकबहादुर महत
३१. प्रेमप्रसाद तुलाचन
३२. भुपेन्द्रबहादुर थापा
३३. सूर्यप्रसाद पाठक
३४. पदम गिरी
३५. नन्दलाल रोका क्षेत्री
३६. रवीन्द्रराज शर्मा
३७. नवराज राउत
३८. लालबहादुर थापा
३९. प्रेमबहादुर आले
४०. नारदमुनि राना
४१. गणेशसिंह ठगुन्ना
४२. दामोदर भण्डारी
४३. नरबहादुर धामी
४४. भैरवहादुर सिंह
४५. विजय सुब्बा
४६. मोहन बानियाँ
४७. मोतिलाल दुगड
४८. डा. शिवमाया तुम्बाहाङ्फे
४९. सुजिता शाक्य
५०. बिना श्रेष्ठ
५१. नविना लामा
५२. शान्तिमाया पाख्रिन
५३. कुमारी मेचे
५४. बिनादेवी बुढाथोकी मगर
५५. राधाकुमारी ज्ञवाली
५६. बिन्दा पाण्डे
५७. गोमा देवकोटा
५८. निरुदेवी पाल
५९. मनकुमारी जिसी
६०. विष्णु शर्मा
६१. सरिता न्यौपाने
६२. मैनाकुमारी भण्डारी
६३. तीर्था गौतम
६४. शान्ता चौधरी
६५. गंगा चौधरी (सत्गौवा)
६६. विमला विश्वकर्मा
६७. आशाकुमारी विक
६८. रेखाकुमारी झा
६९. सरिताकुमारी गिरी
७०. सानु शिवा
नेपाल-खनाल खेमाका सांसद (४१ जना)
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीम रावल
४. सुरेन्द्र पाण्डे
५. गोकर्ण विष्ट
६. लालबाबु पण्डित
७. मुकुन्द न्यौपाने
८. रामकुमारी झाँक्री
९. पवित्रा निरौला
१०. भवानी खापुङ
११. जयकुमार राई
१२. यज्ञराज सुनुवार
१३. गणेशकुमार पहाडी
१४. नारायणप्रसाद खतिवडा
१५. रामवीर मानन्धर
१६. जीवनराम श्रेष्ठ
१७. कृष्णलाल महर्जन
१८. शेरबहादुर तामाङ
१९. विरोध खतिवडा
२०. कृष्णभक्त पोखरेल
२१. सोमप्रसाद पाण्डेय
२२. मेटमणि चौधरी
२३. हिराचन्द्र केसी
२४. धनबहादुर बुढा
२५. गोपालबहादुर बम
२६. राजबहादुर बुढा क्षेत्री
२७. ध्रुवकुमार शाही
२८. यज्ञबहादुर बोगटी
२९. झपट रावल
३०. दीपकप्रकाश भट्ट
३१. तुल्सी थापा
३२. कल्याणीकुमारी खड्का
३३. मायादेवी न्यौपाने
३४. लक्ष्मीकुमारी चौधरी
३५. निरादेवी जैरु
३६. बिमला बिक
३७. पार्वतीकुमारी बिसुंखे
३८. डा. पुष्पा कुमारी कर्ण कायस्थ
३९. सरलाकुमारी यादव
४०. कालिला खान
४१. समिना हुसेन
प्रचण्ड खेमा पक्षमा- ४७ जना
१. पुष्पकमल दाहाल प्रचण्ड
२. जनार्दन शर्मा
३. वर्षमान पुन
४. देव गुरुङ
५. हितराज पाण्डे
६. मात्रिका यादव
७. राम कार्की
८. ओनसरी घर्ती
९. सुदन किराती
१०. अमनलाल मोदी
११. शिवकुमार मण्डल
१२. हेमकुमार राई
१३. सुरेशकुमार राई
१४. सुरेशचन्द्र दास
१५. गिरिराजमणि पोखरेल
१६. रामेश्वर राय यादव
१७. श्यामकुमार श्रेष्ठ
१८. हरिबोल गजुरेल
१९. हितबहादुर तामाङ
२०. गंगाबहादुर तामाङ
२१. हरिराज अधिकारी
२२. देवेन्द्र पौडेल
२३. चक्रपाणि खनाल
२४. कमला रोका
२५. महेश्वरजंग गहतराज
२६. सन्तकुमार थारु
२७. टेकहादुर बस्नेत
२८. गजेन्द्रबहादुर महत
२९. दुर्गबहादुर रावत
३०. शक्तिबहादुर बस्नेत
३१. गौरीशंकर चौधरी
३२. बीना मगर
३३. पूर्णकुमारी सुवेदी
३४. रेखा शर्मा
३५. धर्मशीला चापागाइँ
३६. सीता पोखरेल
३७. सत्या पहाडी
३८. इन्दु शर्मा
३९. वोधमाया यादव
४०. अन्जना विशुंखे
४१. दुर्गा विक
४२. जयपुरी घर्ती
४३. शशी श्रेष्ठ
४४. यशोदा सुवेदी
४५. अमृता थापा
४६. रामकुमारी चौधरी
४७. शेखतारा चाँद
अन्य
१. विष्णु पौडेल- एकता र मध्यममार्ग
पर्ख र हेर
२. हृदयश त्रिपाठी
३. छविलाल विश्वकर्मा
४. दलबहादुर राना
५. वृजेशकुमार गुप्ता
आशंका र अन्योल
६. रघुवीर महासेठ
७. जुलीकुमारी महतो
८. थममाया थापा
९. योगेश भट्टराई
१०. घनश्याम भुसाल
११. प्रभु साह
१२. पम्फा भुसाल
१३. टोपबहादुर रायमाझी
१४. कृष्णबहादुर महरा
१५. लेखराज भट्ट