काठमाडौं । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरेको छ । बिहीबार उपचारमा संलग्न चिकित्सकका लागि अत्यावश्यक पीपीई १ सय ५५ थान वितरण गरिएको हो । सुष्मा कोइराला मेमोरियल अस्पताल, पिपुल अस्पतालसहित क्षेत्रका सबै अस्पतालमा पीपीई हस्तान्त्रण गरिएको छ ।
उक्त क्षेत्रमा पर्ने सबैजसो स्वास्थ्य संस्थामा पीपीई हस्तान्तरण गरिएको छ । कांग्रेस क्षेत्रीय सभापति उपेन्द्र कार्की नेतृत्वको टोलीले अस्पतालमा पीपीई वितरणपछि लकडाउनका कारण अलपत्र परेका नागरिकलाई चामल आलु, दाल, नुन लगायतका खाद्य सामग्री सहयोग गरेका हुन् ।
कोरोना भाइरसका कारण देशमा गरिएको लकडाउनले समस्यामा परेका नागरिकलाई उक्त क्षेत्रमा गइ स्वास्थ्य तथा खाद्य सामग्री वितरण गरिएको सभापति कार्कीले जानकारी दिए । त्यस्तै, करिब २५ सय थान मास्क पनि वितरण गरिएको छ । काठमाडौं क्षेत्र नं २ मा काठमाडौं महानगरपालिकाका दुई वटा वडा, वडा नं ३२ र ९ पर्छन् ।
कागेश्वरी मनोहरा नगरपालिका र शंकरापुर नगरपालिका पर्छ । ती सबै स्थानीय तहमा पुग्नेगरि राहत वितरण गरिएको हो । एक हजार थान मास्क कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले, १५५ थान पीपीई र १५ सय थान मास्क कांग्रेस क्षेत्रीय सदस्य मिनाज खान र खाद्यान्न सामग्री काठमाडौं २ का नेताहरुले सहयोग गरेका छन् ।