मंसिर ०७, २०८१, शुक्रबार
               

पार होला त आज माधवकुमार र प्रचण्डको रणनीति ?

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा) पार्टीभित्रै विवाद उब्जिएर सतहमा गएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई उक्त पदबाट हटाउन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल एकजुट भएर कम्मर कसेका छन् ।

सोही विषयमा आज बालुवाटारमा हुने सचिवालय बैठकका लागि उनिहरूले हिजो साँझ नै कोटेश्वरस्थित माधवकुमार नेपालको निवासमा भेट भएर आफूहरू कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तयार गरिसकेको उच्च स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्ड कोटेश्वर माधवकुमारलाई भेट्न सुटुक्क पुगेका थिए ।

तर, प्रधानमन्त्री ओलीले भने आफूलाई बलियो बनाउन त्यसभन्दा अगाडि नै आफ्नो निकट सांसदहरूको हस्ताक्षर संकलन अभियानसमेत चलाइसकेका छन् । नेकपाभित्रै  राजनीतिक संकटमा भएका बेला प्रधानमन्त्री ओलीले सरकार छोड्नु पर्ने उनीहरूले अडान लिएका छन् भने ओलीले आफूले कोरोना संक्रमणबाट देशले पार पाएपछि सत्ता छोड्ने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका छन् ।

संवैधानिक नियमअनुसार भने चुनाव हारेका व्यक्ति सोही पार्टीको कार्यकालमा पनि प्रधानमन्त्री या कुनै पनि मन्त्री पदमा बस्न पाइने छैन । तर, प्रधानमन्त्री ओलीले भने आफूले छाडेपछि चुनाव हारेका नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नीति अपनाएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि