काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकपा) का नेता भीम रावलको सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण भेटिएको छ ।
भक्तपुरमा मंगलबार भेटिएका कोरोना संक्रमित एक युवक केही महिना अघिसम्म नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी भएको खुलेको छ । भक्तपुरमा भेटिएका उनी २७ वर्षीय पुरुष सशस्त्र प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् ।
चाँगुनारायण नगरपालिकाका अनुसार रामेछाप घर भएका उनी सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको र अस्थायी रूपमा दुवाकोटमा बस्दै आएका थिए । उनलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ । युवकबारे थप विवरण लिने काम भइरहेको बताइएको छ ।