काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा लिपुलेकको विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ ।
प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।
बैठक बुधबार दिउँसो ४ः३० बजे बस्ने बताइएको छ ।
नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरेर भारतले बाटो निर्माण गरेको र पछिल्लो समय कोरोना भाइरसको संत्रमण ह्वात्तै बढेपछि परामर्शका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आव्हान गरेका हुन्।