काठमाडौं । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०७७ सालमा दिने सार्वजनिक बिदाबारे निर्णय गरेको छ ।
कर्णाली प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेशस्तरीय बैठकले सो निर्णय गरेसँगै विभिन्न सामाजिक तथा सांस्कृतिक पर्वमा दिने सार्वजनिक बिदाबारे तालिका पनि सार्वजनिक गरेको छ ।
सरकारले सार्वजनिक गरेको तालिकामा धान दिवस, साउने सक्रान्ति, देउडा पर्व, प्रदेश स्थापना दिवस, माघे सक्रान्ति, चैते दशैंलगायत चाडपर्व समेटिएको छ ।
यी पर्वलाई सरकारले सार्वजनिक बिदाका लागि स्वीकृत गरेको छ ।
बैठकले तिथिअनुसार दिइने अन्य महत्वपूर्ण चाडपर्वको सार्वजनिक बिदा भने आन्तारिक मामिला तथा कानुन मन्त्रालयले तत् तत् समयमा निर्णय गरी सार्वजनिक गर्ने जनाएको छ ।
प्रदेश सरकारले निर्णय गरी सार्वजनिक गरेको सार्वजनिक बिदालाई राजपत्रमा प्रकाशन पनि गरिने जनाइएको छ ।