मंसिर ०७, २०८१, शुक्रबार
               

गगन थापाको प्रश्नः कचौरा थापेर चल्छ यो वर्ष ?

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा खर्च कटौती प्रस्ताव राख्दै सांसद थापाले सो कार्यक्रम संघीयता र संविधान विरोधी कार्यक्रम भएको टिप्पणी गरे ।

गत वर्ष पाँच अर्ब बजेट छुट्याएको ठाउँमा यो कार्यक्रमका लागि यो वर्ष ६ अर्ब रुपैयाँको बजेट छुट्याइएको छ । 

राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन ?

‘माननीय शिक्षामन्त्री ज्यूलाई सम्माननीय राष्ट्रपति ज्यूलाई श्री ६ बनाउने रहरचाहिँ किन पलायो ?’ उनले भने, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर हिजो राजाले बक्सिस मारेको जस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मन लाग्दा पैसा दिन पाउने कार्यक्रम संघीयता विरोधी छ, संविधान विरोधी छ, व्यवस्था विरोधी छ ।’

उनेल ‘यो कार्यक्रम बनाउँदा ईडीसीडीमा तलब नपाएर बसेका सहर्जकर्ता, विद्यालयका कर्मचारी, भोकै बसेका आंशिक प्राध्यापकहरुको याद आएन ?’ भनेर प्रश्न समेत गरे ।

शिक्षा मन्त्रालयको अध्ययनले ५७ हजार शिक्षक अभाव भएको देखाए पनि त्यसअनुसार बजेट नआएको उनले बताए । सांसद थापाले प्रश्न गरे, ‘एकजना शिक्षक राख्न नसकेको शिक्षक स्वयमंसेवक कार्यक्रममा १ अर्ब ५० करोडबाट बढाएर २ अर्ब २३ करोड बनाउने ?’

बजेट हेर्दा शिक्षा मन्त्रालयले अहिले ९० लाख विद्यार्थी विद्यालय गइरहेका छैनन् भन्ने थाहै नपाए जस्तो लागेको सांसद थापाले बताए । बाहिर सिकाइ तथा सहजीकरण मापदण्ड बनाएको सुनेको भए पनि बजेटले त्यसलाई नचिन्ने भन्दै उनले प्रश्न गरे, ‘ग्लोबल पार्टरसिप फर एजुकेसनलले केही पैसा देला भनेर कचौरा थापेर चल्छ यो वर्ष ?

आफूहरुले एसइई खारेजलगायतका केही बोल्ड निर्णय गरौं भनेर आग्रह गरेको भए पनि त्यसमा कुनै सुनुवाइ नभएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि