मंसिर ०७, २०८१, शुक्रबार
               

एक मिनेटमा प्रधानमन्त्रीलाई गगन थापाको आठ प्रश्न

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना रोकथाममा वर्तमान सरकार असफल भएको बताएका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि उनले प्रधानमन्त्री ओलीलाई (एक मिनेटमा) पुरक प्रश्न सोधेका हुन् ।

यस्ता छन् सांसद थापाले सोधका प्रश्नः 

- सरकारले पाँच वटा पिसिआर मेसिन किनेको छ, तर पाँच वटै किन चल्दैन ?

- क्वारेन्टाइनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ?

- हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?

- नेपालमा मृत्यु भएकाहरुको उमेर र संख्याका आधारमा विश्वब्यापी रुपमा मृत्यु भएकाहरु अनुसार दाँजेर हेर्नुभएको छ ?

- भ्रष्टाचार र स्वास्थ्य सामग्रीको सूची राखेर संसदमा छलफल गर्न म प्रधामन्त्रीलाई खुला आह्वान गर्छु, तयार हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?

- जुन अवस्थामा भारतबाट मानिसहरु ल्याइएका छन्, ती व्यक्ति हुन् कि नेपाली नागरिक हुन् ?

- ति नेपाली नागरिकको बारेमा चिन्ता गर्ने, ति आउँदैछन् भन्ने जानकारी राख्ने, तिनको लागि क्वारेन्टाइन राख्ने सम्माननीय प्रधानमन्त्रीको सरकारको काम हो वा हामीले गरिदिनुपर्ने ?

- त्यसको तयारी गरेको भए आज तिनलाई दोष दिएर बस्नुपर्थ्यो वा आज हामी एउटा पनि कोरोना संक्रमण नभएको वा कम भएकोमा न्युजिल्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री हेर्न पाइन्थ्यो ?


कस्तो लाग्यो ?

यो पनि