मंसिर ०७, २०८१, शुक्रबार
               

कृषिमन्त्रीले उदण्ड मच्चाएको त्यो असार पन्ध्र

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

सोमबार असार १५, मध्यअसारमा किसानलाई  रोपाइँको चटाराले छपक्कै छोप्ने समय । ५ वर्षअघि आजकै दिन खेतमा किसानहरु माटोसँग पौठेजोरी खेल्दै रोपाइँमा तल्लीन रहिरहँदा तत्कालीन कृषिमन्त्रीले अश्लिल हर्कत मच्चाएको दिन । जुन घटनाबाट मन्त्रीले पदबाटै राजीनामा दिनुपरेको थियो । 

घटना २०७२ साल असार १५ मा रोपाइँ महोत्वसको हो । जुन महोत्सवमा तत्कालीन कृषिमन्त्री हरि पराजुली कृषिमन्त्रीका हैसियतले धान दिवस मनाउन गएका थिए ।  तर, उनले सो महोत्सवमा पदीय मर्यादा भुल्दै अश्लिल हर्कत मच्चाएका थिए ।

जसका कारण उनले मन्त्रीको पदबाट राजीनामा त दिन परेको थियो । त्यसका अलवा उनी हरेक वर्ष आउने असार पन्धले उनको सो हर्कत गराउँछ । सामाजिक संञ्जलका भित्तामा व्यङगवाण भरिन्छन् । आज पनि सामाजिक संञ्जालमा व्यङग्य गर्दै धेरैले सोही घटनाको विषयमा लेखिरहेका छन् ।

के भएको थियो 
राष्ट्रिय धान दिवस, असार १५ को अवसर पारेर काठमाडौंको मूलपानीमा रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो । मन्त्रीदेखि कलाकारसम्म खेतमा धान दिवसको रमाइलोमा जुटेका थिए । तत्कालीन कृषिमन्त्री हरि पराजुली पनि सेतो टिसर्ट, हाफ पाइन्ट र गलामा धानको बिउको माला लगाएर रोपाइँमा पुगे । रक्सीले मातेर रोपाइँमा प्रमुख अतिथिको रुपमा गएका मन्त्री पराजुलीले खेतमै उदण्ड मच्चाए ।

आफ्नो जिउमा लागेको हिलो पुछ्न महिलाको फरियाको सहायता मात्र लिएनन् । कार्यक्रममा सहभागी महिलामाथि दुव्र्यवहार नै पुगे ।रमाइलो गर्ने बहानामा मन्त्रीजस्तो गरिमामय पदको पदीय मर्यादालाई लत्याएर महिलाहरुलाई अँगालो हाले । ती महिलाले मन्त्रीलाई नगर्नु–नगर्नु भन्दै थिइन्,  तर, मन्त्री पराजुली भने पुनः उही शैलीमा लम्किए । महिलाहरुलाई लखेट्दै पछिपछि जादै थिए । 

अप्ठयारो महसुस गरेकी ती महिला मन्त्रीको असभ्य व्यवहारप्रति धारेहात तथा गाली गर्दै उम्किन सफल भइन् । तर, मन्त्रीले आफूलाई सम्हालन सकेनन्। महिलाको गालीलाई वास्तै नगरी फेरि अर्की महिलासँग गर्ल्याम्म अँगालो हाल्न पुगेका उनी  । सो महोत्सवमा मन्त्री पराजुलीले एकपछि अर्को गर्दै रोपहार अन्य केही महिलामाथि यस्तै दुव्र्ययहार दोहोर्‍याएका थिए ।

जुन घटनाको भिडियो मिडियाकर्मीले खिचिरहेका थिए । सामाजिक सञ्चारमाध्यममा उक्त भिडियो प्रशारण भएपछि महिलामाथिको अश्लील र अमर्यादित हर्ककको चौतर्फी आलोचना भयो ।

संसद, समाजिक स‌ंजाल र सडकमा समेत मन्त्री पराजुलीको अश्लील गतिविधिप्रति चर्को विरोध भयोे । चर्काे दबाब र अलोचना भएपछि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री पराजुलीलाई राजीनामा गर्न आग्रह गरे । अध्यक्ष ओलीको आग्रहमा पराजुलीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासमक्ष राजीनामा दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि