मंसिर ०७, २०८१, शुक्रबार
               

लापरबाही बढेपछि मास्क नलगाउनेविरुद्ध सरकार कठोर

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएपछि मास्कको प्रयोगमा कडाइ गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको हो । लकडाउन खुलेपछि संक्रमणको दर बढिरहेको छ । बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सबै क्षेत्रमा मास्क, सेनेटाइजर र ग्लोब्सको प्रयोग बढाउन गृहको निर्देशन छ । साथै सबै क्षेत्रमा साबुन पानीले हात धुने व्यवस्था मिलाउन पनि गृहले भनेको छ । 

पछिल्लो समय संक्रमण बढे पनि मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्कलगायतका सुरक्षा सामग्री प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले भने ‘मास्क नलगाउनेलाई जरिवाना तथा पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न भनिएको छ ।’

मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ । पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको अधिकारीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि