काठमाडौं । प्रमुख आयुक्त घिमिरेले एक रुपैयाँ घुस लिनेलाई पनि नछाड्ने बताएका छन् ।
अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइतबार यस्तो बताएका हुन् ।
‘एक रुपैयाँ खाए पनि भ्रष्टाचार भ्रष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं ।’ घिमिरेले साना ठूला सबै भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन आफू लागिपरेको बताएका छन् ।
यस्तो अपरेसन गर्दा आयोग पूर्वाग्रही नभएको घिमिरेको दाबी छ । सार्वजनिक खरिदको निर्णयलाई पनि नीतिगत हुनै नसक्ने घिमिरे बताउँछन् । पछिल्लो भ्रष्टाचार बढेको नभइ आयोगले सक्रियता बढाउँदा बढेजस्तो देखिएको उनको भनाइ छ ।