मंसिर ०७, २०८१, शुक्रबार
               

लोकतान्त्रिक मूल्य मान्यता हराउँदै गएको राज्यव्यवस्था तथा सुशासन समितिको ठहर

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका सांसद लालबाबु पण्डित, नेपाली कांग्रेसका दिलेन्द्र बडू,  नेकपाकी सांसद पम्फा भुसाल, छक्कबहादुर लामाले निर्वाच प्रणाली खर्चिलो भएको बताएका छन् । 
सोमबार भएको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कार्यप्रगति सम्बन्धी वार्षिक प्रतिवेदनमा छलफल गर्दै  उनीहरुले यस्तो बताएका हुन् । 

निर्वाचन अत्यन्तै महँगो भएकाले निर्वाचन प्रणालीले लोकतन्त्र मूल्य मान्यतामा असर पारेको उनीहरुको ठहर छ ।  त्यसैगरी उनीहरुले  सोबारे छलफल चलाउनु पर्नेमा पनि जोड दिएका छन् । 

मुलुकमा निष्ठाको राजनीति हराउँदै गएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । पैसा र दलका नेतृत्वसँगको पहुँचका आधारमा अवसर प्राप्त गर्ने प्रवृत्ति बढेकाले त्यस्ता विसङ्गति हटाउन निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा उनीहरुले सो छलफलमा जोड दिएका छन् ।

सो बैठकमा सांसद लालबाबु पण्डितले  निर्वाचन आयोग चाउरिएको बताए । उनले भने,  ‘राजनीतिक दल छाडा भएका छन्, कानुनभन्दा माथि कोही छैन, सबैलाई कानुनले बाँध्नुपर्छ, उनले भने, ‘चुवाव हारेपछि अझ माथिल्लो पदमा पुर्‍याउने प्रवृत्तिले कहाँ लोकतन्त्र फस्टाउँछ ?’

त्यसैगरी, यशोदा सुवेदीले मिश्रित निर्वाचन प्रणालीले ठूला नेता र पहुँचवालाले मात्र अवसर प्राप्त गरेको बताइन् । उनले भनिन्, ‘निर्वाचन प्रणाली फेरिनुपर्छ, नीतिभन्दा नियत खराब देखिएको छ, यसमा सुधार ल्याउनुपर्छ ।’

सांसद दिलेन्द्रप्रसाद बडूले निर्वाचन प्रणाली सुधारका लागि दलीय सहमति आवश्यक रहेको तथा निर्वाचनको खर्च नबुझाउने राजनीतिक दल र उम्मेदवारको नाम सार्वजनिक गर्न आयोगसँग आग्रह गरे । 

त्यसैगरी सदस्य पम्फा भुसालले महिला र समानुपातिक पद समानार्थी भएको बताइन् । ‘समानुपातिक र समानुपातिक भनेको महिलाजस्तो बन्न पुगेकाले निर्वाचन प्राणालीमा सुधारको खाँचो छ,’ उनले भनिन् । 

यो पनि