काठमाडौं । डडेल्धुराको सेती नदीमा बगेर दुईजना बेपत्ता भएका छन् । अस्पतालको प्रयोगशालामा कार्यरत विनयबहादुर सिंह र हरि जोशी बेपत्ता भएका हुन्।
उनीहरु डडेलधुरा अस्पताल डडेल्धुरामा कार्यरत स्वास्थ्यकर्मी रहेको बताइएको छ ।
शनिबार बिहान डोटीमा रहेको शैलेश्वरी मन्दिरको दर्शन गर्न गएका उनीहरु फर्किने क्रममा गर्मी भएर सेती नदीमा नुहाउन जाँदा नदीले बगाएको जनाइएको छ ।
सो टोलीमा सहभागी अर्का प्रेम ठगुन्नाको भने उद्धार गरिएको बताइएको छ ।
जिल्ला प्रहरीकार्यालय डोटीबाट खटिएको प्रहरी टोली, पिपल्ला, तिल्ताली, चमराचौतारा, वाइल र तल्कोट बझाङ्गबाट खटिएको प्रहरीको टोलीले बेपत्ता उनीहरुको खोजी कार्य गरिरहेको छ।
शिखर नगरपालिका- १० गहनान भन्ने ठाँउबाट शनिबार दिउसो सवा दुई बजेतिर सेतीले बगाएको प्रहरीले जनाएको छ।