काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाटका कार्यक्रम बन्द गरेका छन्
कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको भन्दै नेता पौडेलले भेटघाटका कार्यक्रम बन्द गरेका हुन् ।
नेता पौडेलको सचिवालयले एक वज्ञाप्ति जारी गरी 'पौडेलले तत्कालका लागि भेटघाटका कार्यक्रम बन्द गर्नुभएको' जानकारी दिएको छ ।
कोरोना महामारीमा सचेत र सजक रहन पनि पौडेलको सचिवालयले आग्रह गरेको छ ।
‘अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम केहि समयका लागि बन्द गरिएको छ,’ पौडेलको सचिवालयले भनेको छ, ‘भर्चुअल बैठक र टेलिफोनबाटै यहाँहरूसँग नियमित सम्पर्क जारी रहने छ ।’
यसअघि लकडाउनका बेला पनि पौडेलले भेटघाट कार्यक्रम बन्द गरेका थिए ।