सक्रिय दुई सयभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका जिल्लाभित्र सरकारले यातायातमा जोरबिजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप घटेको छ ।
कोरोना सङ्क्रमणको दर बढेको भन्दै सरकारले बिहीबारबाट उपत्यकामा जोरबिजोर प्रलागी लागू गरेको हो ।कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा जोरबिजोर लागू गरिएको छ ।
बिहीबार अर्थात् साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चलिरहेका छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अङ्कको आधारमा जोरबिजोर छुट्टाइन्छ । निर्णय कार्यान्वयन गराउन बिहानैदेखि काठमाडौंका सडकमा ट्राफिक प्रहरी परिचालित भएका छन् । उनीहरूले बिजोर नम्बरका सवारीसाधन चलाउनेलाई सम्झाउने गरेका छन् ।
यद्यपि अत्यावश्यक क्षेत्रका सवारी साधनलाई यो नियम लागू गरिएको छैन । स्वास्थ्य, सुरक्षा, बैङ्किङ, सरकारी कर्मचारी, स.सञ्चार क्षेत्रका सवारी साधानहरुलाई जोरबिजोरले छेक्दैन ।
जोरबिजोर लागू हुँदा कति चल्छन् सवारी ?
बिहीबार बिजोर नम्बरका गाडी चलाउन रोक लगाइँदा पनि काठमाडौँ उपत्यकाको सडकमा सवारी साधनको चाप उस्तै देखिएको छ । काठमाडौं उपत्यकामा दैनिक १० लाखभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन् । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार वाग्मती अञ्चलमा दर्ता भएका साढे झडै १५ लाख सवारी साधनमध्ये अधिकांश उपत्यकाभित्रै चल्छन् ।
विभागका महानिर्देशक गोगनबहादुर हमालका तत्कालीन बाग्मती अञ्चलमा दर्ता भएकामध्ये ८० प्रतिशत सवारीसाधन उपत्यकामा छन् । ती ८० प्रतिशतको पनि ८० प्रतिशत दिनको एक पटक सडकमा निस्कन्छन् । यस आधारमा उपत्यकाभित्रका सडकमा मात्रै दैनिक साँढे ७ लाख सवारीसाधन गुड्ने गरेको विभागको अनुमान छ ।
स्वास्थ्य विज्ञका अनुसार जोरबिजोर प्रणाली लागु हुँदा चलेका ७ लाख सवारीसाधनमा यात्रा गर्नेहरूको सार्वजनिक ठाउँमा जम्मा हुने भीडले कोरोना नियन्त्रणमा सधान पुग्दैन । होटेल, रेष्टुरेण्ड, सार्वजनिक ठाउँमा विगतभन्दा केही कम भीड भए पनि पूरै जोखिम नहट्ने बताइन्छ । विज्ञहरू भन्छन्, ‘काम परेका मानिसलाई जोरबिजोरले छेक्दैन, उनीहरू हिँडेरै वा अरूसँग लिफ्ट मागेरै, ट्याक्सी, वा भाडाका सवारी साधानबनट पनि बाहिर निस्किछन्, यसो गर्दा सार्वजनिक सवारीमा भीड बढ्छ । जति भीड बढ्यो उत्ति कोरोना संक्रमण बढ्ने जोखिम हुन्छ, यस कारण जोरबिजोर प्रणालीले सडक जाम मात्र घटाउँछ ।’
यता स्वास्थ्य मन्त्रालयले भने जोरबिजोर लगाइँदा अनावश्यक कामका लागि जानेहरू बाहिर निस्कन नपाउने हुनाले भीड घट्ने दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारीसमेत रहेका स्वास्थ्यविज्ञ गणेश श्रीवास्तव भन्छन्, ‘यो प्रणाली लागू गर्दा जानैपर्ने काम भएका मात्र हिँड्छन् यसैले भीड कम हुन्छ ।’
जोरबिजोर प्रणाली लागू भएपछि उपत्यकामा चल्दै आएका १० लाख सवारी साधनमध्ये ४८ प्रतिशत बढी चलेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले बताए ।
४६ स्थानमा जाँच
निजी, सार्वजनिक र सरकारी सवारी साधनमा जोरबिजोर लागू भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारबाट उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका ४६ स्थानमा ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त टोलीलाई तैनाथ गरेको छ । महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जोरबिजोर प्रणाली उल्लङ्घन हुन नदिन ४६ स्थानमा ट्राफिक प्रहरीको ‘चेकिङ युनिट’ परिचालन गरिएको बताए । जसमध्ये काठमाडौंमा २२ तथा भक्तपुर र ललितपुरमा १२, १२ स्थानमा चेकिङ युनिट परिचालन गरिएको छ ।
महाशाखाले तीनवटै जिल्लामा नियमित रूपमा सवारी व्यवस्थापन गर्न १ सय ५२ स्थानमा नियमित संयन्त्र तैनाथ गर्दै आएको छ । जोरबिजोर प्रणाली पालना नगर्नेलाई सवारी नियम उल्लङ्घन वा सङ्क्रामक रोग नियन्त्रण ऐनले वर्जित गरेका प्रावधानको कसुरमध्ये जुनसुकैमा कारबाही हुनसक्ने छ । सङ्क्रामक रोग ऐनविपरीत कार्य गरे १ सय रुपैयाँसम्म जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुनसक्छ ।