मंसिर ०७, २०८१, शुक्रबार
               

महामारीप्रति गैर जिम्मेवार बनेको भन्दै कांग्रेसको चिन्ता

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

गण्डकी । पोखरा महानगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैर जिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वडाध्यक्षहरुको तर्फबाट पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार विज्ञप्ति जारी गर्दै महामारीका समयमा सरकार र पोखरा महानगरपालिकाले विशेष चासो दिन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

महामारीका कारण भयावह अवस्था सिर्जना भएको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारको मुख ताक्नुभन्दा आफैँ सुरक्षितरूपमा रहनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, कार्यक्रम नगर्न, भीडभाड नगर्न, व्यापार व्यवसाय गर्दा स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी अपनाउन, साबुनपानीले नियमित हात धुन र मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ । पोखरामा १४७ संक्रमित भइरहँदा आइसोलेसन वार्डमा थप श्यया व्यवस्था गर्न कांग्रेसले आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि