काठमाडौं । सरकारले शैक्षिक संस्थादेखि सिनेमा हलसम्म अर्को सूचना नभएसम्मका लागि बन्द रहने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए- 'अर्को सूचना नभएसम्मका लागि शैक्षिक संस्था, प्रदर्शन, मेला, भेला, सिनेमा हल, स्वीमिङ पूललगायत बन्द रहन्छ ।'
त्यस्तै विद्यालय भर्ना एवं लामो दूरीका यातायात भदौ १६ गतेसम्म बन्द रहन्छ भने बैंक तथा वित्तीय संस्थामा आधामात्रै कर्मचारी बोलाएर सेवा दिन सरकारले निर्देशन दिएको छ ।