काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रवेश गरेका व्यक्तिको पहिचान खुलाएर अभिलेख राख्न निर्देशन दिएको छ ।
गृहमन्त्री रामबहादुर थापा, भूमिव्यवस्था मन्त्री पद्मा अर्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायत सहभागी सो समितिले बुधबार सरकारलाई यस्तो निर्देशन दिएको हो ।
सो समितिले मुख्यत: भारतीय सिमानामा हुने आवतजावतमा कडाइ गर्न र नेपाल प्रवेश गर्नेको पहिचान खुल्ने गरी अभिलेख राख्न निर्देशन दिएको छ।
तर, सो समितले चीन र अन्य देशबाट आउतजात गर्नेहरुको भन्दा पनि भारतबाट नेपाल प्रवेश गर्नहरुलाई बढी प्राथमितकतामा राखेको छ ।
त्यसैगरी सो समितिले सरकारले भारतबाट सरकारले नेपाल प्रवेश गर्ने १० वटा सीमानाका बाहेक अन्य सबै नाका बन्द गरेकोमा स्वागत गरेको छ ।
सरकाको मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै भारतबाट नेपाल प्रवेश गर्न प्रयोग गरिने १० सीमानाका बाहेक अन्य सीमा नाका बन्द गरेको छ । सरकारको सो निर्णयभन्दा अघि २० सीमा नाकाबाट मात्र भारतबाट नेपाल प्रवेश गर्न पाइथ्यो ।