मंसिर ०७, २०८१, शुक्रबार
               

सिरहामा कोभिड–१९ जोखिम भत्ता फिर्ता

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । सिरहा नगरकार्यपालिकाका पाँच पदाधिकारीले कोभिड–१९ जोखिम भत्ता फिर्ता गरेका छन् ।नेपाली कांग्रेस नगरकार्यसमितिले जोखिम भत्ता रकम फिर्ता गर्ने निर्णय गरेपछि उनीहरुले सो रकम फिर्ता गरेका हुन् । 

सो नगरपालिकाका ९ वटा वडाध्यक्ष र चार कार्यपालिका सदस्य गरी १३ जनाले कोभिड–१९ भत्ताबापत जनही ८२ हजर एक हजार ७० का दरले बुझेका थिए ।

नगरकार्यसमितिको निर्णयलाई  नमानेर आफ्नै तरिकाले मनोमानी गर्नेहरुको विषयमा भने पार्टीको माथिल्लो तप्कामा कुरा  उठाउने नगरसभापति यादवले बताए  ।

जनजीवनको रक्षा र विकासको उचित प्रबन्ध गर्नका लागि लोकतान्त्रिक प्रक्रियाअनुसार चुनिएका जनप्रतिनिधिले कोभिड–१९ को आपतकालीन अवस्थामा निस्वार्थ रुपले काम गर्नुपर्ने नगर कार्यसमितिका अध्यक्षको भनाइ छ । 

यसका अलाव उनले कोभिड–१९ को संक्रमण जोखिम नियन्त्रणको नाममा नगरपालिकाले अशोभनीय र कानुनविपरीत खर्च गरेको बताए ।


कस्तो लाग्यो ?

यो पनि