काठमाडौं । नेत्र विक्रम चन्द समूहकी केन्द्रीय उमा भुजेल र सुमनसिंह पौडेल पक्राउ परेका छन् । प्रतिबन्धित नेत्रविक्रम चन्दका सदस्य भुजेल सिंह पौडेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनेका चन्द समूहका पूर्वपोलिटब्युरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मंगलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो ।
नेपाल सरकारले चन्द समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।