काठमाडौं । आकलन गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखले बिहीबार दुई बजेदेखि लागू हुने गरी सात गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहेक सबै सेवा बन्द हुने प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दै गए पनि तीजका बेला हुन सक्ने भीडभाडलाई लक्षित गरी चार दिनका लागि निषेधाज्ञा जारी गरिएको बताइएको छ ।
सो जिल्लाको पूर्वमा जाजरकोट, पश्चिममा कालीकोट र अछाम, उत्तरमा कालीकोट जिल्लाको सीमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमाना छ । सो क्षेत्रभित्र कुनै पनि गतिविधि नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयले जारी गरिएको सूचनामा उल्लेख छ ।
तर, निषेधाज्ञा अवधिभर औषधि पसल, अस्पताल तथा स्वास्थ्यकेन्द्र, खानेपानी, विद्युत, फोहोरमैला व्यवस्थापनलगायतका अत्यावश्यक सेवा सञ्चालन हुन पाउने बताइएको छ ।