मंसिर ०७, २०८१, शुक्रबार
               

नेकपा कार्यदलले आज प्रतिवेदन बुझाउँदै, के छ प्रतिवेदनमा ?

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदलले आज (शनिबार) प्रतिवेदन बुझाउने भएको छ । 

कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तयार भएको प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि बैठक बसेको एक नेताले जानकारी दिए ।

दुई अध्यक्ष (ओली-प्रचण्ड) ले महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेका थिए । कार्यदलले छिट्टै प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको थियो ।

कार्यदलले दुई अध्यक्षको प्रष्ट कार्यविभाजन, पार्टीको महाधिवेशन, मन्त्रिमण्डलका सदस्य परिवर्तन, केही मुख्यमन्त्रीको हेरफेर, राजनीतिक नियुक्तिलगायतका विषय समेटेर प्रतिवेदन तयार पारेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि