काठमाडौं । नेपपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कार्यदलले तयार गरेको प्रतिवेदन बुझेका छन् ।
गत शुक्रबार नेकपा विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको सो प्रतिवेदन अध्यक्षद्वयले शनिबार बुझेका हुन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओेलीका प्रेस संयोजक सूर्य थापाले कार्यदलले बुझाएको प्रतिवदेन अध्यक्षद्वयले बुझेको जानकारी दिएका हुन् ।
प्रतिवेदन तयार भए पनि शनिबार झण्डै आठ घण्टा बैठक बसी अन्तिम रुप दिएर सो प्रतिवेदन कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो ।
सो प्रतिवेदन बनाउने कार्यदलमा नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भु्साल सदस्य थिए । सो प्रतिवेदनमा केपी ओलीले पूरै पाँच वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख छ ।