मंसिर ०७, २०८१, शुक्रबार
               

कोभिड र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचारको व्यवस्था मिलाउन निर्देशन

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री राईले प्रदेश प्रतिष्ठानबारे जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीसँग छलफल गरेका हुन् ।

छलफलमा उनले बिपीका पदाधिकारीलाई कोभिड र अन्य बिरामीलाई छुट्टा-छुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री राईले तत्काल पिसिआर परीक्षणको दायरा बढाउन निर्देशन दिँदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निर्माण गर्न पनि  निर्देशन दिएका छन् । 

यो पनि