मंसिर ०७, २०८१, शुक्रबार
               

सार्क मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्ने मन्त्रिपरिषदको निर्णय

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सरकारले दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्ने निर्णय गरेको छ । 

भदौ ९ गते सोमबारको मन्त्रिपरिषद बैठकले दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता युवराज खतिवडाले सो मन्त्रिपरिषद बैठकले अनौपचारिक बैठक आयोजनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको बताए । प्रवक्ता खतिवडाका अनुसार सो बैठकमा सार्कका राष्ट्रका परराष्ट्रमन्त्री सहभागी हुनेछन् ।

दुई मुलुक भारत र पाकिस्तानबीच भएको तिक्तताका कारण सार्क सम्मेलन हुन सकिरहेको छैन । सन् २०१४मा सार्क शिखर सम्मेलनपश्चता पाकिस्तानमा हुने भनिएको सो सम्मेलन हालसम्म हुन सकिरहेको छैन । 

यसका अलवा सोमबारको मन्त्रिपरिषद्ले श्रीलंकामा आयोजना हुने २१ औं बिमस्टेक सिनियर अफिसिअल्स मिटिङमा नेपालको तर्फबाट सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने निर्णय पनि गरेको छ ।

यो पनि