काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ।
कांग्रेसले बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा सातै प्रदेशमा भर्चुवल एकहप्ते कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठन नेता रामचन्द्र पौडेललगायत नेताले संबोधन गर्ने कार्यक्रम छ ।
सो कार्यक्रमको मूल विषय ‘कोरोना संक्रमणको सन्दर्भ: नियन्त्रण तथा रोकथामसँगै सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषय रहेको छ । सो विषयमा नेता तथा कार्यकर्तासँग छलफल हुने बताइएको छ ।
यस्तो छ, कार्यतालिका
प्रदेश १ भदौ २७ गते
प्रदेश २ भदौ २८ गते
बागमती प्रदेश भदौ २९ गते
गण्डकी प्रदेश भदौ ३० गते
प्रदेश ५ भदौ ३१ गते
कर्णाली प्रदेश असोज १ गते
सुदूरपश्चिम प्रदेश असोज २ गते