काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले १९ दिन यता अनसनरत डा. गोविन्द केसीको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै नागरिक जीवन रक्षाको भार बोध गर्न सरकारलाई अध्यक्ष राणाले आह्वान गरेका हुन् । डा. केसीको जायज माग पूरा गर्न गम्भीर बन्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन्।
‘चिकित्सा शिक्षाको सुधार विमित राख्ने विषय हैन। तै १९ दिन यता अनसनरत डा. गोविन्द केसीको यही माग सम्बोधन गर्ने सरकार तत्पर छैन,’ उनले भने ‘उनको स्वास्थ्य चिन्ताजनक स्थितिमा छ। नागरिक जीवन रक्षाको भार बोध गर्दै गम्भीर बन्न र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’