मंसिर ०७, २०८१, शुक्रबार
               

धादिङमा राप्रपा समायोजन

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

धादिङ । राप्रपा र राप्रपा संयुक्तबीच जिल्लास्तरमा पनि समायोजन सुरु भएको छ । त्यसक्रमममा धादिङमा राप्रपाको एकीकृत कार्यसमिति गठन गरिएको छ । राप्रपाको राम्रो संगठन भएको जिल्लामा धादिङ पर्छ ।

धादिङबेसीमा आइतबार एक समारोहबीच पार्टी समायोजन गरिएको हो । समायोजनपछि नवगठित राप्रपा धादिङ जिल्ला समितिको अध्यक्षमा नवराज श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता एवं पूर्वमन्त्री बुद्धिमान तामाङले राप्रपा अब मुलुकको बलियो राष्ट्रवादी र प्रजातान्त्रिक शक्ति बन्ने बताए । उनले भावी दिनमा राप्रपा एकातिर र मुलुकका अरु राजनीतिक शक्ति अर्कोतिर गरेर दुई धारको राजनीति हुने तर्क पनि गरे ।

राप्रपाका अर्का प्रभावशाली नेता एवं पूर्वमन्त्री ठाकुर शर्माले राप्रपाको एकताले मुलुकमा नयाँ राजनीतिक कम्पन्न गराएको बताए । 

त्यसक्रममा नेपाली कांग्रस र नेकपा परित्याग गरेका दर्जनौँलाई पार्टी सदस्यतासमेत दिइएको थियो । 

राप्रपा एकतालगत्तै कोरोना भाइरसको संक्रमणका कारण पार्टी गतिविधि सुस्त बनेको थियो । चुनाव चिन्हसम्बन्धी विवादले यसबीचमा नेताहरूबीच दूरी बढेको थियो । तर चुनाव चिन्ह हलो कायम गरेर निर्वाचन आयोगमा दल दर्ता गराएलगत्तै राप्रपाले जिल्लास्तरमा समायोजनको काम तीब्र बनाएको हो ।


कस्तो लाग्यो ?

यो पनि