मंसिर ०७, २०८१, शुक्रबार
               

प्रदेश राजधानी दाङ राख्ने प्रस्तावमा मतदान हुँदै, विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

बुटवल । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।

प्रदेश सरकारले संसदमा पेस गरेको उक्त प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय कांग्रेस संसदीय दलले गरेको कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए ।

आज (मंगलबार) बस्ने प्रदेश सभाको बैठकमा प्रदेशको राजधानी रहने स्थान र नामबारे मतदान हुँदै छ ।

प्रदेशको नामाकरण लुम्बिनी भन्नेमा भने कांग्रेसको असहमति नरहेको कनौडियाले बताए ।

उक्त प्रस्तावमाथि प्रतिपक्षी दलहरुको विरोधका बीच सोमबार छलफल भएको र सांसदहरुले उठाएको प्रश्नको जवाफ आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले दिइसकेका छन् । सोमबारको बैठकमा मन्त्री केसीले जवाफ दिने क्रममा कांग्रेसका सांसदहरुले होहल्ला गर्दै कुर्सी तोडफोड गरेका थिए ।

प्रदेशको नाम र राजधानीको निर्णय गर्न दुई तिहाइ मत चाहिने संवैधानिक व्यवस्था छ । ८७ जना सांसद रहेको सत्तारुढ दल नेकपाका मात्रै ६१ सांसद छन् । 

दुई तिहाइ पुग्न ५८ सांसद चाहिन्छ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । 

दाङ राजधानी तोक्ने प्रस्तावको नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि