मंसिर ०७, २०८१, शुक्रबार
               

अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायो : नेकपा प्रवक्ता

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले हालैको अमेरिकी नीतिले मानव अधिकार र लोकतन्त्रको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।

कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी हालैको अमेरिकी नीतिप्रति श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् ।

अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने व्यक्तिको अधिकार र लोकतन्त्रको खिल्ली उडाएको उले बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा श्रेष्ठले लेखेका छन्, 'यसले (अमेरिकी नीतिले) स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ । यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र !'

अमेरिकाले हालै आफ्नो आप्रवासी नियम परिवर्तन गरेको छ । नयाँ नियमअनुसार, अब कम्युनिष्ट पार्टीका सदस्य वा सो सरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने व्यवस्था छ ।

गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (युएससिआइएस) ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको हो ।

युएससिआइएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आवद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख छ ।

प्रतिक्रिया

श्रेष्ठको उक्त ट्विटमा विभिन्न प्रतिक्रिया आएका छन् । अधिकांशले उनलाई 'आफ्नै देशको गणतन्त्रप्रति गम्भीर नभएर अमेरिकी लोकतन्त्रको यति धेरै चिन्ता लिइराख्न जरुरी नभएको' बताएका छन् ।

'देशमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको, गोविन्द केसीको जायज मागहरुलाई बेवास्ता गरिएको' भन्दै मुलुकको वास्तविक समृद्धितर्फ केन्द्रित हुन श्रेष्ठलाई ट्विटर प्रयोगकर्ताहरुले आग्रह गरेका छन् ।

यो पनि