काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई सरकारलाई संसद राख्न बाध्य पार्न प्रस्ताव गरेका छन् ।
सरकारले आफ्नो जिम्मेवारी पुरा नगरेको बताउँदै सरकारलाई सच्याउनका लागि सदन र सडकको शक्ति एकीकृत पार्नुपर्ने थापाले बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन, ‘कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन,’ उनले थप लेखेका छन्, ‘संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन । संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ ।’
.@DeubaSherbdr कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ
— Gagan Thapa (@thapagk) October 20, 2020