मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटमार्फत ओलीले नवनियुक्त बाइडेन र उपराष्ट्रपति कमला ह्ययारिसलाई बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिलाई आइतबार बिहान ट्वीटरमा मेन्सन गर्दै लेखेका छन्, ‘शानदार र ऐतिहासिक जितका लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।’

डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे । बाइडनकै तर्फबाट उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन् ।

यो पनि