मंसिर ०७, २०८१, शुक्रबार
               

बाबुराम भन्छन्- 'ओलीले पदत्याग गरेर प्रायश्चित गर्नुपर्छ'

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदत्याग गर्नुपर्ने बताएका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भ्रष्टाचारसम्बन्धी संगीन आरोपलाई ध्यान दिँदै प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा पदत्याग गर्नुपर्ने बताएका हुन् । 

प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारीको संरक्षणमा उत्रिन्छन् भन्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदनतर्फ संकेत गर्दै डा. भट्टराईले प्रधानमन्त्रीलाई नैतिकताका आधारमा पदत्याग गरी प्रायश्चित गर्न सुझाब दिएका हुन् ।

उनले शासकीय स्वरुप, निर्वाचन प्रणाली, जनलोकपाल र आर्थिक विकास गरी संरचनात्मक सुधार नगरेसम्म भ्रष्टाचार नरोकिने उनको भनाइ छ ।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘प्रम केपी शर्मा ओलीमा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिँदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ । अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न है,  १. शासकीय स्वरूप, २. निर्वाचन प्रणाली, ३. जनलोकपाल र ४. आर्थिक विकास ।’


कस्तो लाग्यो ?

यो पनि