मंसिर ०७, २०८१, शुक्रबार
               

सर्वदलीय बैठकमा राप्रपाको प्रस्ताव : राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे छलफल गरौँ

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल हुँदा राप्रपाले सो प्रस्ताव राखेको हो । बैठकमा राप्रपाका नेताहरुले राजतन्त्रको पक्षमा रहेको आन्दोलनमा आफूहरुको नैतिक समर्थन रहेको बताएका छन् । 

सो बैठकमा सहभागी राप्रपा नेता दीपक बोहराले आफूहरुले राजतन्त्रसहितको लोकतन्त्र र हिन्दु राष्ट्रको विषयमा सर्वदलीय बैठकमा छलफल गर्न प्रस्ताव गरेको बताए ।तर, उनले यसमा कुनै जवाफ नपाएको बताए ।


कस्तो लाग्यो ?

यो पनि