मंसिर ०७, २०८१, शुक्रबार
               

संवैधानिक राजाको माग गर्दै बिहीबार राजधानीमा प्रदर्शन गरिँदै

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भोलि बिहीबार राजधानीमा अर्को प्रदर्शन हुने भएको छ ।

पुराना कांग्रेस नेता हरिबोल भट्टराईको अध्यक्षतामा रहेको सनातन हिन्दु समाज नेपालले भोलि प्रदर्शन गर्न लागेको हो ।

मुलुक अप्ठेरोमा परेको बेला नागरिक स्तरबाट देश जोगाउन आवाज उठाउनु परेको समाजका सहअध्यक्ष तारानाथ लुइँटेलले जनाए । उनले भने-  'सनातन हिन्दुराष्ट्र, संवैधानिक राजसंस्था र अखण्ड नेपालको मुद्दा सम्बोधन नभएसम्म कुनै न कुनै रूपमा हामी आन्दोलनमा होमिने छौँ ।' सँगसँगै मुलुकमा बढ्दो भ्रष्टाचार र विसंगतिको भण्डाफोर गर्ने उनले जानकारी दिए ।

सहअध्यक्ष लुइँटेलले भोलि ११ बजे माइतीघर मा भेला हुने र १२ बजे नयाँ बानेश्वर गएर सभा गरिने जानकारी दिए ।

राजसंस्था र हिन्दु राष्ट्र पुनर्बहालीको माग गर्दै यसअघि काठमाडौंमा पूर्वमन्त्री केशरबहादुर विष्ट, वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेलगायतले अलगअलग कार्यक्रम गरेका थिए ।

त्यसैगरी शिवसेना नेपाललगायतले पनि देशका विभिन्न भागमा प्रदर्शन गर्दै आएका छन् । यसबीचमा मुलुकका एक दर्जन जिल्लामा प्रदर्शन भइसकेको छ । त्यसमध्ये शिवसेना नेपालको अगुवाइमा मात्रै आधा दर्जन स्थानमा प्रदर्शन भएको थियो ।

 

 

 


कस्तो लाग्यो ?

यो पनि